गोल्डेन पठाउन खोज्ने डाक्टर सँग बिरामीको आफन्तले विवाद गर्दा ३ पक्राऊ

बिरामीलाई कोशी बाट गोल्डेन हस्पिटल पठाउन खोज्ने रक्सी खाएर मात्तेको डाक्टर सँग विवाद गर्दा प्रहरी थूनामा परेको ३ आफन्तहरूको आरोप ।

बिराटनगर १५ निवासी सिटि रिकसा चालक ओम साह अचानक घरमा बेहोस हुँदा उपचारका लागि आफन्तहरूले कोशी अन्चल अस्पताल पुर्याएका थिए ।

अस्पतालमा डाक्टरहरूले भर्ना लिन नमाने पछि आफन्तहरूले कारण सोध्ने क्रममा एक डाक्टर जो जाँड खाएर लटठ थियो उसले बिरामी लाई गोडेन अस्पताल लईजान पर्छ भने पछि एक आफन्तले सोध्यो " कति कमिशन आउछ गोल्डन बाट " ?? . यो सोध्दा डाक्टर रिसाए गरिब निमुखा सिटि रिक्सा चालक सम्झेर तथानाम गालि ग्लौज गर्दै  प्रहरी बोलाई पक्राउ गर्न लगाए भन्ने पक्राउ परेका आफन्तका साथीहरूले टाइम्सपाटी लाई बताएका छन ।

आफनो कर्तव्य न निभाउने र उल्टै गरिब निमुखालाई सामन्य वादविवाद मा झुठो मुद्दा लगाएर आवाज बन्द गराउने यो जडिया डाक्टर लाई पनि खोरमा हाल्नु पर्छ भन्दै एक यूवा सुरज चौधरी ले गुनासो गरे ।

वडा नँ १५ का अध्यक्छ प्रकास साह ले डाक्टर ले गोलडेन सँग कमिसन खाएर बिरामी पठाउने गलत हो भन्दै मिडिया मा आफनो विचार व्यक्त गरेका छन ।

सम्बन्धित समाचार