भिम पराजुलीले गरे सहिदहरूको अपमान । राजावादीको जग बलियो बनाउन लागेको कार्यकर्ताको आरोप ।।

राजावादीको समर्थनमा भिम पराजुली । कार्यकर्ताहरूमा निराशा ।।

ने काँग्रेस बिराटनगर का पूर्व मेयर तथा प्रदेश सान्सद भिम पराजुली ले छठ पर्वको अवसरमा पत्रकारहरू माझ सिँगै पार्टीलाई चकित पार्ने बक्तव्य दिएको भिडियो भाईरल बनेको छ ।

पराजुलीले महामानव बिपि कोइरालाको लोकतान्त्रिक विचार लाई लत्याऊँदै राजा फरकाउने राप्रपा र दुर्गा प्रसाईको अभियान हिन्दुराष्ट्र को पकश मा समर्थन रहेको बताएका छन ।

ने काँग्रेसको एजेण्डामा हिन्दुराष्ट्र नभएकोले पराजुलीले राजावादीको जग बलियो बनाउन लागेको एक कार्यकर्ताले आरोप लगाएका छन ।

मिडियाकर्मी सँग बक्तव्य दिने क्रममा पूर्व मेयर भिम पराजुलीले आफु पुर्णरूपले हिन्दु राष्ट्रको समर्थनमा रहेको बताएका छन ।

पराजुली को यस्तो गम्भिर बक्तव्य ले काँग्रेस समर्थक मतदाता लगायत सिँगो पार्टीका लोकतन्त्रवादी कार्यकर्ताहरू निराश भएको कुरा चिया गफमा चर्चा हुन थालेको छ ।

सबै जात धर्म सँस्कृतीलाई सम्मान गर्ने साझा विचार बोकेका लोकतान्त्रिक पार्टी ने काँग्रेसका नेताबाट नै पूर्व राजा फर्काउने पार्टिको एजेण्डालाई खुलेर समर्थन गरेको ले लोकतान्त्रिक सहिदहरूको अपमान भएको समेत कार्यकर्ताहरूले दुख प्रकट गरेका छन ।

काँग्रेसको झण्डा बोकेर मेयर बन्ने प्रदेश सान्सद बन्ने अनि राजा फरकाउने एजेण्डा बोकेका राप्रपाको एजेण्डालाई समर्थन गर्ने नेतालाई राप्रपा प्रवेश गर्नु पर्ने एक काँग्रेसी कार्यकर्ताले टाइम्सपाटी मार्फत सुझाव दिएका छन ।

सम्बन्धित समाचार