करोडौको अनुदानमा भागबन्डा खोज्दै एमाले निकट नर्सरी ब्यवसायीको विद्रोह

१४ कार्तिक , काठमान्डौ

नर्सरी ब्यवसायीहरूको छाता सँगठन फ्लोरिकल्चर नेपाल बिगत दुई दशक देखि देश भरि सक्रिय रहेको थियो ।

सरकार को तर्फबाट नर्सरी ब्यवसाय तथा पुष्प उत्पादक किसानहरूलाई बिभिन्न शिरषकमा अनुदान दिईँदै आएको छ ।‌

करोडौँ रूपैया सरकारी सहयोग माथि एकल राज गर्दै आएको फ्लोरिकल्चर नेपाल (फ्यान) को एकल राज रहेको थियो ।

केहि सिमित व्यक्तिहरूले फ्यानको माध्यम बाट सरकारी तथा ब्यवसायीहरूको वार्षिक लेबी लगायत अनेक स्तरबाट सँकलन गरिएको रकमहरू व्यक्तिगत लाभमा सिमित गरिएको थियो ।

पछिल्लो समयमा असन्तुष्ट नर्सरी ब्यवसायीहरू फ्यानबाट अलग्गिएर नयाँ सँस्थाको आयोजनामा काठमान्डुमा पुष्प मेलाको आयोजना गरेको छ ।

मेलामा नेकपा एमाले का नेता केपी शर्मा ओली को प्रमुख आतिथ्य रहेको थियो ।

श्रोतका अनुसार करोडैँ रूपैयाँको सरकारी अनुदान मा भाग्बन्डा न मिलेको कारण एमाले निकट नर्सरी ब्यवसायीहरू फुटे नर्सरी ब्यवसायी सँघ को नामले नयाँ सँस्था निर्माण गरिएको हो ।

 
 
 
 
 
 

सम्बन्धित समाचार