भनसारै न तिरि चर्को मुल्यमा बेच्नेहरूको अनुगमन किन हुँदैन ? शौपिँग मौलमा ढाँढ सेक्ने महँगाई ।

बिराटनगरका शौपिँग मौलहरूमा उपभोक्ताको ढाँढ सेक्ने महँगाई । जोगबनी मा राहत

 

बिराटनगर बजारमा अनुगमन फितलो भएकोले महँगाई को मारमा उपभोक्ताहरू ठगिने गरेका छन ।

चर्को मुल्यका कारण सर्वसाधारण जोगबनी पुग्न पर्ने बाध्यता रहेको छ । बिराटनगरमा भने हरेक सामानको चर्को मुल्य तिर्नु पर्ने हुन्छ ।

जाबो चकलेटको भारू २० रूपैया खुदरा रेट प्रिन्त हुँदा बिराटनगरको मौलहरूमा ४० रूपैयाको स्टिकर लागेको छ । जोगबनि मा नेपाली दर रेट मा सामान किनमेल हुन्छ ।

जोग्बनीमा चिनी को मुल्य रू ६५ छ भने बिराटनगरमा रू ९५ प्रति किलो मा किन्नु पर्छ ।

खुद्रा पसलमा तबझन १०० रूपैया किलो सम्म पर्छ ।

जोगबनीमा मसुर दाल प्रति किलो रू १२० छ भने यता रु. १६० पर्छ ।

जोगबनीमा बिकाजी भुजियाको प्रति किलो रु. ४५० पर्छ भने यता मौलहरूमा ९०० ग्रामको पैकलाई रु. ५७०/- पर्छ ।

जोगबनीमा सफोला खाने तेल ६ लिटर को १७५० पर्छ भने यता मौलहरूमा ५ लिटरको २१५० पचास पर्छ ।

हरेक जसो सामानमा आकास पताल को फरक भएकै कारणले सर्बसाधारण दुख गरेर किनमेल गर्न जोगबनी पुग्नु परेको ग्राहकहरूको गुनासो हुनेगरेको छ ।

मौलहरूमा भन्दा त झन खुद्रा पसलमा अझ बढी मुल्य तिरेर समान किन्नु पर्ने हुन्छ ।

बिराटनगरका धेरै जसो ब्यापारीहरू प्राय आपाँग, भरिया तथा ब्लेकियाहरूबाट सामान थुपारेको हुँदा पनि ग्राहकलाई महँगो भन्सार र कर को हवाला दिएर चर्को मुल्यमा सामान बेच्नु परेको भन्दै बजार सुकेको दोष सरकारलाई भिडाउने गरेका छन ।

भनसारै न तिरि राखेको सामान चर्को मुल्यमा बेच्ने पसलहरूको अनुगमन किन हुँदैन ? फितलो अनुगमन कै कारण सर्वसाधारण चौतर्फी मारमा परेको बिराटनगरवासीको गुनासो छ ।

सम्बन्धित समाचार