मोरँग जिल्लाको जहदा गाउँपालिका विगत केही दिन देखि निकै चर्चामा रहेको छ ।
केही दिन अगाडि लामो समय देखि कार्यरत लेखा अधिकृत प्रतिक भण्डारीको सरूवा गराईनु र सरूवा पछि जलाईईएको सँकास्पद कागजपत्र काण्डले देश भरिको नजर जहदा गाउपालिका माथि रहेको छ ।
श्रोतका अनुसार पालिका प्रमुख र प्रतिक भण्डारी समुह बिच घुस र कमिशनको भाग भन्डा नमिलेकोले विवाद भएको हो ।
त्यही कारणले प्रमुख जितेन्द्र कुमार साहले प्रतिक भण्डारीको सरूवा गराएको थियो भन्ने एक पक्शको आरोप रहेको छ । उता पालिका प्रमुख जितेन्द्र कु साह को समुहको यस विषयमा फरक भनाई रहेको छ ।
वडा नं ३ का अध्यक्श अनिल ठाकुर को नजिक रहेका लेखा अधिकृत प्रतिक भण्डारी समुह ले पालिकामा हरेक काम आफनै समुहबाट गराई रहनु पर्ने र ६ वर्ष देखि लगातार जहदा पालिकामै बस्न रूचाउने हरूको सिन्डिकेट टुटेको हो ।
विगतमा गरेको गडबड घोटालाको काग्जात लेखा अधिकृतको ईशारामा छुट्टी कै दिन गोप्य तरिकाले जलाईएको थियो जसको छानविन हुनु एकदम जरूरी छ ।
कागजात जलाएको काण्ड जस्तै जहदामा लगाईएको सिएफएल काण्डले पनि निकै चर्चा पाएको छ । स्थानियहरूको भनाई अनुसार सस्तो मुल्यमा बल्ब किनेर महँगो बिल बिजकको रकम निकासा गरिएकोले पोलहरूमा लगाईएको बल्ब तिन महिना पनि चल्न सकेको छैन र सस्या बढेको छ ।
सिरसिया निवासी बुधरे मुर्मुले आफनो समाजिक सँजाल मारफत तिन तिन महिनामा फेर्नु पर्ने यो कस्तो गुणस्तरको बल्ब पालिकाले लगाएको छ , कति भ्रष्टाचार भएको छ भन्दै प्रश्न समेत उठाएका छन ।
सबै काम को ठेक्का एकै जनाले लिने , जनप्रतिनिधि कै स्काभेटर चलाउने शर्तमा अनिल ठाकुरको ईसारामा ठेक्का लगाउने , सस्तोमा जग्गा किन्ने अनि जग्गा छेउमा रोडको विकास गर्ने अनि महँगोमा जग्गा बेच्ने , आफु निकटका यूवा हरूको क्लबलाई जथाभावी रकम बाँडने र यूवाहरूलाई ठग कमिशनखोर बन्न प्रोत्साहन गराउने जस्ता अनेक माध्यमबाट जहदा गाऊपालिकामा घुस कमिसन भ्रष्टाचारको ठूलै चलखेल भई रहेको स्थानियहरूको गुनासो छ ।