प्रेस विज्ञप्ती ।
सम्मानित अदालतको फैसला बमोजिम जन्मकैद पाएका नेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको दिन असोज ३ गते नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद माफी दिइएको विषयप्रति गैरसरकारी संस्था महासंघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
यसरी हत्या कसुरमा सजाय भोगिरहेका व्यक्तिलाई कैद तथा सजाय माफी गरिदिँदा देशमा कानुनको शासनको उपहास हुने, दण्डहीनता मौलाउने र अपराधीहरुको मनोबल बढ्ने प्रवल सम्भावना देखिएको छ ।
तसर्थ हत्या जस्ता गम्भीर अपराधका दोषीलाई आममाफी दिने अभ्यासलाई तुरुन्त बन्द गर्न, आममाफीको निर्णयलाई फिर्ता लिन, कानूनको शासनको पालना तथा अपराधीलाई कानुन बमोजिमको पुरा सजाय दिई पीडितलाई न्याय र सुरक्षा दिलाउनका लागि गैर सरकारी संस्था महासंघ नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।
साथै यस्ता न्याय र व्यक्तिगत सुरक्षाविरोधी अभ्यासहरुको विरोध र प्रतिकारका निम्ति एकताबद्ध हुन नागरिक समाज तथा सम्पूर्ण नागरिक संगठनहरुलाई आह्वान गर्दछौं ।
मिति : २०८०/ 0६/ १९