मध्याब्धी को त्रासले आज जसो तसो सरकार बन्ने सम्भावना

मध्याब्धीको त्रासले आज जसो तसो सरकार बन्ने सम्भावना

कोशी प्रदेशको सरकार हाल परम आदेशको भरमा चलेको छ ।

आज विस्वासको मत प्राप्त गर्ने अन्तिम दिन मा प्रदेश भरि का प्रदेस साँसद को भोटले कोशी प्रदेश सरकार बनाउने निश्चित देखिन्छ । आज विश्वासको मत प्राप्त गर्न नसके मध्याव्धी चुनाव को सम्भावना बढ्छ ।

हाल देशको अवस्था हेर्ने हो भने नेताहरू भोट माग्न जनता छेऊमा जान नसकने त्रास सबैमा देखिन्छ । ठूलो रकम खर्च हुने सम्भावना सँगै सन्तोषजनक भोट आउन नसकने त्रासले नेताहरू मध्याब्धी बाट जोगिन चाहेका छन ।

देश भरी पुराना एवँ ठूला पार्टीहरूको अवस्था कमजोर हुँदै जाँदैछ । नेताहरूलाई पार्टीको नामले झनै न्यून भोट आउने पक्का छ भन्दै तत्कालै चुनावमा जानु हुँदैन देशको ढुकुटी बचाउनु पर्छ भन्दै कतिपयले भाषणमा पनि विचार पोखेका छन ।

देश को ढुकुटी को चिन्ता नभएर आफनो ढुकुटी सिद्धिने र हात लागि जिरो हुने डर र त्रासले गर्दा कोई पनि मध्याब्धी जान नचाहेको बुझिन्छ । जनताको हक मा सन्तोषजनक शासण गर्न नसकेको सरकार मा रहने पार्टीहरू बाट जनता आजित भएकोले नताँअनुहार र नयाँ पार्टी तर्फ जनसमर्थन बढेको देखिन्छ ।

स्वतन्त्र तथा नयाँ अनुहार ले बाजी मार्ला भन्दै आज सहमतिमा सरकार बनाउनु पर्छ , एक प्रदेश सान्सद ले बताए । सान्सदहरूको मनोबल गिरेको अवस्थामा जसो तसो सरकार टिकाउनु को विकल्प छैन ।

सम्बन्धित समाचार