सिमामा उभिने साथ गन्तव्यमा ठेलेरै पुगिने डरलाग्दो भिडले खचाखच जोगबनी बजार
बेला बेलामा नाकामा कडाई गर्ने सरकारको नियम लाग्ने गरेको छ । सरकारद्वारा सिमा कडाईको नियम पटक पटक असफल प्रयासको रूपमा सिमा पारिको भारतिय बजार फस्टाऊँदै नेपाली बजार सुक्दै आएको छ ।
उपभोक्तहरूको घुईँचो लाग्ने जोगबनी बजारमा खाधान्न वस्तु सामग्रीको पसलहरूमा खुट्टा टेक्न नासकिने खालको मेला लाग्ने गरेको हुन्छ ।
नेपालको दुर्गम क्षत्रमा अतिआवश्यक सामग्रीको चर्को मुल्य थेग्न नसकने नेपाली उपभोक्ताहरू सिमा पारी भारतिय बजार पुग्न बाध्य बनेको ग्राहकहरूको गुनासो रहेको छ ।
उता ( भारतिय बजार ) मा ५लिटर खाने तेल को ब्राण्ड अनुसार मुल्य ८५० देखि शुरू हुन्छ भने यता ( नेपाली बजार) मा त्यही खाने तेलको मुल्य १४५० देखि शुरू हुन्छ ! उता चिनीको मुल्य ६५ छ भने यता ९५ पर्छ । उता चामल जिरा मसिना को १७०० छ भने यता २२०० पर्छ । उता मुसरी दालको १२० छ भने यता १६५ पर्छ । उता चोकलेटको १५ पर्छ भने यता २० पर्छ । उता कशमिरी मिर्च एमडिएच को १२० छ भने यता १९० पर्छ । उता सफोला तेल ६ लिटरको १५०० छ भने यता ५ लिटर को २२५० पर्छ । उता १ केजी बिकाजी भुजियाको ३५० पर्छ भने यता ९०० ग्रामको प्याकेटलाई ५७० पर्छ ।
जथाभावी चर्को मुल्य महँगाई कालो बजारी मा डुबेको नेपाली बजार को अनुगमन कसले गर्ने ।
दिनरात सिमानाका बाट लाईन सेटिँग मा ब्लेकिया तस्करहरूको भरिया तथा अपाँगहरूबाट क्यारिँग गराएर थूपारेको सामान बेच्ने पसले हरू भन्सार र कर ले गर्दा महँगो भएको बताऊँछन ।
ग्राहकले पसलवाला सँग किन धेरै महँगो प्रशन गर्दा भन्सार र कर धेरै भएर महँगो भएको बताउँछन । ग्राहकहरू चुप्प्लाग्छन र दुख गरेर जोगबनी जस्तो भारतिय बजार बाध्य भएर पुग्छन ।
टाढा टाढा बाट नेपाली ग्राहकहरू समुह बनाएर गाडि , सफारी रिजर्व गरि भारतिय बजार किनमेल गर्न पुग्छन ।
सिमा नियण्त्रण गर्नु भन्दा पनि अतिआव्श्यक सामाग्रीको भन्सार र कर निशुल्क गर्दा नेपाली बजार फेरी फस्टाउन सकने अनुमान गर्न सकिन्छ ।