कोईराला सत्ता कब्जा गर्ने दाऊमा । गगन, बिश्व बाहेक नै ३३ संसद तयार । गठबन्धन नेताहरू भयभित ।

चोक चौराहा , चियापसल लगायत जतातै अहिले डा शेखर कोइराला चर्चाको पात्र

२०८०- ७- १. काठमान्डौँ,
 
कोशी प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार बने लगत्तै देशै भरि सत्ता समिकरणको भविष्यवाणीमा आम जनता तथा नेता कार्यकर्ताहरू व्यस्त बनेका छन ।
 
चोक चौराहा , चियापसल लगायत जतातै अहिले डा शेखर कोइराला चर्चाको पात्र बनेका छन ।
 
कोशी प्रदेशमा माओवादीको हाथबाट सत्ता खोसेर डा शेखर कोइरालाले आफनो अडानमा काँग्रेसको नेतृत्वमा सरकार बनाएको विषयले ठूलै चर्चा पाएको छ ।
 
ने काँग्रेस पार्टीलाई बचाउन सक्ने एक मात्र नेता डा शेखर कोइराला हुन भन्दै पार्टीका नेता कार्यकर्ता तथा आम जनताहरूले ठाऊँठाऊँमा बहसको विषय नै बनाएका छन ।
 
डा शेखर कोइरालाको बढ्दो आक्रमक लोकप्रियताले भयभित ने काँग्रेसका पार्टी सभापति शेरबहादुर देउबाले आफनो सँस्थापन समुह बलियो बनाउन विभिन्न किसिमको लोभन प्रलोभन तथा पदिय जिम्मेवारी दिदै नेता तथा कार्यकर्ताहरूलाई समेट्न थालेको देखिन्छन ।
 
पछिल्लो समय डा शेखर कोईरालाले माओवादी नेता प्रचण्डको गैर जिम्मेवार बक्तब्य र क्रियाकलापको कडा रूपमा आलोचना गर्न थाले पछि नेताहरू भयभित हुन थालेका छन ।
 
डा शेखर कोईरालाले गठबन्धन तोडार कोशी प्रदेशमा पार्टि बचाएकोले समग्र काँग्रेसजनमा उत्साह र कोइराला प्रति आशा बढेको छ ।
 
डा शेखर कोईरालेले कोशि प्रदेशमा मुख्यमन्त्री ने काँग्रेसका केदार कार्कीलाई अघि सारेर गठबन्धनलाई लत्याउँदै एमालेको समर्थनमा सरकार बनाउन सफल भएकोले गठबन्धनका शिर्ष नेताहरू थप शसँकित र भयभित बनेका छन ।
 
कोशी प्रदेशमा गठबन्धन बिनाको सरकार बनाएका कोइरालाले देशै भरि सत्ता कब्जा गर्ने दाऊमा छन भन्ने डर र त्रासले पार्टि सभापति देउबा अतालिएको बुझिन्छन
 
डा शेखरलाई रोक्न शेरबहादुर देउबाले गगन थापा र विश्वप्रकाशलाई आफु नजिक गर्न सफल भएता पनि गगन र बिश्व प्रकाश बाहेक नै ३३ संसद तयार छ पाटी सुधार्न र बचाउनको लागि बिद्रोह गर्न भन्दै कोइराला समुहका नेताले ठोकुवा गरेका छन ।
 
गगन थापा र विश्वप्रकाश शर्माले अहिले आएर शेरबहादुर देउबाको गुणगाण गाउनु ले प्रष्ट बुझ्न सकिन्छ कि अब डा शेखर कोइरालालाई प्रधानमन्त्री बन्ने गणितिय समिकरणले देउबा हच्किएका छन ।
सम्बन्धित समाचार