महानगरपालिका का नगर प्रहरी जवान र जसपा नेता राजकुमार यादव बिच भएको घट्ना लाई साम्य पार्न मेयर नागेस कोईराला ले ३ जना प्रहरी जवान रमेश निरौला भण्डारी, बबलु श्किसोरी र विक्रम श्रेष्ठलाई महानगर को सेवा बाट हटाएका महानगरपालिका ले विग्यप्ति मारफत सार्वजनिक गरेका छन ।
उक्त घटना को विवाद मिलाउने क्रम मा राजकुमार यादव का छोरा आशिष कुमार यादवले मेयर र प्रहरी प्रशाषन कै अगाडि नगर प्रहरी जावान लाई कुटेका थिए ।
नगर प्रहरी जवान को मनोबल गिर्दा पनि मेयर नागेश कोईराला निरिह बनेका थिए ।। मेयर नागेश कोईराला ले आफु माथि गाली गलौज गरेको र आफु लाई देखेर थुक्ने इन्दिरा चापागाई लाई अभद्र व्यव्हार मुद्दा लगाएर ८ दिन थुना मा राख्न निवेदन दिएका थिए भने आफनै अगाडि नगर प्रहरी जवान कुटिँदा चु बोल्न नसकेको र कार्वाही गर्न नसकेको मेयर नागेश कोईरालाको चौतर्फी विरोध हुन थालेको छ ।
एक कमजोर गरिब समाजिक अभियन्ता वृद्धा महिला माथि शक्ति र पावर देखाउने मेयर कोईराला ले फेरी पनि ३ जना गरिब को छोराहरू को सेवा सुविधा र मनोबल खाई दिएका छन भने सरकार मा रहेका नेता का छोरा आशिष यादव लाई कार्वाही मुक्त छोडेका छन ।।